चितवन । माडी नगरपालिकामा नगरस्तरीय होमस्टे समिति गठन भएको छ। माडी-८, शिवद्वारस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेमा शनिबार आयोजित सामुदायिक तथा निजी होमस्टे सञ्चालकहरुको बैठकले तुलबहादुर पुनमगरको अध्यक्षतामा नगरस्तरीय होमस्टे समिति गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा रजपतिया चौधरी, सचिवमा खडानन्द अधिकारी र कोषाध्यक्षमा सन्तोष प्रसाद बोट चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा सरिता बोट, भुवानी दराई र हर्क बहादुर पुन रहेका छन् ।
कार्यक्रममा बागमती प्रदेश होमस्टे एसोसिएसनका सदस्य मोहन बहादुर पुन मगर, कल्याणपुर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीतबहादुर चापागाईं लगायतको उपस्थिती रहेको थियो।