चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले सरकारले चितवनमा सुकुम्बासीहरु बसिरहेको घर तथा जग्गाको निस्साले मात्रै उनीहरुको समस्या समाधान नहुने बताएका छन्।
शनिबार भरतपुर महानगर भरतपुर महानगर कमिटीको गरेको नगरभेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व वन तथा भूमिसुधार मन्त्री समेत रहेका पाण्डेले आयोगको छाप बिनाको निस्सालाई लालपुर्जा भनेर जनता झुक्याउने काम भएको समेत बताए । उनी भन्छन, ‘आयोगको छाप बिनाको निस्सा बाँडेर जनतालाई झुक्याउने काम भइरहेको छ। ‘