चितवन । रत्ननगरको टिकौली चौरमा जारी रत्ननगर महोत्सवमा शनिबार २५ हजारले अबलोकन गरेको आयोजकले दावी गरेको छ । विदाको दिन परेका कारण महोत्सवमा अबलोकनकर्ताहरुको अत्याधिक भीड लागेको हो ।
चितवनको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले रत्ननगर उद्योग बाणिज्य संघले महोत्सवको आयोजना गरेको हो । जाडो सकिएर गर्मी सुरु हुनै लाग्दा भएको सो महोत्सवमा अबलोकनकर्ताको कमी हुन्छ की ! भन्ने आशंका रहेकोमा दिनप्रतिदिन अबलोकनकर्ताको संख्या बढ्नुले त्यो आशंका दुर गरेको महोत्सव मुल समारोह समितिका संयोजक अनिल कृष्ण श्रेष्ठले बताए । हामी उत्साहित छौं उनले भने महोत्सव चितवनको आर्थिक गतिविधिलाई चलायमान गराउन सफल भएको छ । २४ गते सम्म चल्ने सो महोत्सवमा अपेक्षाकृत आर्थिक करोवार भइरहेको छ ।
स्थानीय स्तरमा उत्पादित बस्तु तथा व्यापार प्रर्बद्धनमा महोत्सव सफलता तर्फ उन्मुख रहेको बरिष्ट उपाध्यक्ष शंकर गिरीले बताए । महोत्सव अन्तर्गत शनिवार भएको रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेको स्वास्थ्य तथा प्राथमिक उपचार व्यवस्थापन समितिका संयोजक उद्धबकुमार कोइरालाले जानकारी दिए । त्यसैगरी महोत्सवको परिसरमा भलिबल प्रतियोगिता समेत सुरु भएको छ ।
प्रतियोगितामा १३ टिमको सहभागिता रहेको सो प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरुको समेत सहभागिता रहेको छ । महोत्सव अन्तर्गत साँस्कृतिक कार्यक्रममा शनिवार सुबोध गौतम यदुमे,चर्चित शिव परियारले प्रस्तुती दिएका थिए । भोली चर्चित गायक बद्रि पंगेनी र गायिका निशा लामाको प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक प्रकासमणि सापकोटाले जानकारी दिए ।