चितवन। स्थानीय तहको चुनाव वैशाख ३० गते घोषणा भइसकेको छ । चुनाव घोषणा भए पनि नेकपा माओवादी केन्द्र रत्ननगरले अझै नेतृत्व पाएको छैन । सीधा अर्थमा भन्नुपर्दा माओवादी केन्द्र रत्ननगरको सांगठनिक गतिविधि भद्रगोल छ । आजभन्दा ९८ दिनअघि झन्डै हात हालाहालको स्थितिमा पुगेको नगर अधिवेशनपश्चात् रत्ननगर माओवादी केन्द्रको गतिविधि शुन्य बराबर छ ।
अरु राजनीतिक संगठनले पालिकामा नेतृत्व चयन गरेर गाउँको टोलटोलमा कमिटी गठन गरिसक्दा माओवादी केन्द्र रत्ननगर अझै मुखदर्शक बनेकोले रत्ननगरका माओवादी केन्द्रका कार्यकर्ता निराश बनेका छन् । अझै नेतृत्व नपाएको माओवादी केन्द्र रत्ननगरले कहिले नेतृत्व पाउला ?
माओवादी केन्द्रका कार्यकर्ताले स्वार्थ र भरतपुरको रिमोटबाट रत्ननगरको माओवादी केन्द्र चल्ने बताउँदै अवसरवादी हावी भएको कारण आफूहरु नेतृत्व र जिम्मेवारविहीन भएर बस्नुपरेको बताउँछन् ।
यसबेला त टोलटोलमा कमिटी गठन हुनुपर्ने हो, मेयरका र वडाध्यक्षका उम्मेदवार लगभग टुङगो लगाइसक्नु पर्ने हो । निर्वाचन नजिकिदाँ त आफनो भिजन नगरवासीलाई प्रष्ट पार्दै मन जित्नुपर्ने हो तर, माओवादी केन्द्र रत्ननगर आफनै तालमा मस्त छ ।
मुस्लिम कोटामा चौधरी सिफारिस हल्लामात्र
माओवादी केन्द रत्ननगरका कार्यकर्ताहरुको नेतृत्व तहसँग नियमित हुनुपर्ने समन्वयसम्म हुन सकेको छैन । त्यसकारण पनि होला कार्यकर्ताबीच आफना नेताले कसलाई प्रदेशमा सिफारिस गरेका हुन् थाहा छैन । उनीहरुबीच मुस्लिम कोटामा चौधरी सिफारिस भएको हल्ला निकै जोडतोडले चलेको छ । यस विषयमा जानकारी लिँदा माओवादी केन्द्रकी नेतृ कञ्चन खनालले यो केवल झुट्टो हल्ला भएको बताइन् । उनले मुस्लिम कोटामा जनी अहम्मद शेखलाई प्रदेशमा सिफारिस गरिएको र चौधरीको कोटाबाट जंगीलाल चौधरीलाई सिफारिस गरिएको प्रष्ट पारिन् ।
नेतासँग कार्यकर्ताको समन्वय नहुँदा झुट्टा हल्ला फैलिएको हो। यदी कार्यकर्ताहरुले आफ्ना नेतासँग नियमित समन्वय गर्ने अवसर पाउँथे त ! यस प्रकारका हल्लाले माओवादी केन्द्र रत्ननगरमा गफिस बन्थेन।
वडाले छनौट गर्न सकेन नगरप्रतिनिधि
यसबेला त टोलटोलमा कमिटी गठन हुनुपर्ने हो, मेयरका र वडाध्यक्षका उम्मेदवार लगभग टुङगो लगाइसक्नु पर्ने हो । निर्वाचन नजिकिदाँ त आफनो भिजन नगरवासीलाई प्रष्ट पार्दै मन जित्नुपर्ने हो तर, माओवादी केन्द्र रत्ननगर आफनै तालमा मस्त छ । अधिकांश वडाबाट नगरप्रतिनिधि छनौटसम्म गर्न सकेको छैन । वडाभित्रबाट नै अवसरवाद र स्वार्थ हाबी छ । निष्ठावान र नेतृत्वको लायक मान्छे राजनीतिक भद्रगोल देखेर दिक्क छन् ।
माओवादी केन्द्र रत्ननगरका एक वडा सदस्यले नाम नखुलाउने गरी नगरमा अवैधानिक गतिविधिसम्म गरेको पाइएको बताए। रातारात वडा कमिटिमा सदस्य समेत थपियो । एक त्यो कारण आकांक्षी धेरै भएको कारण पनि नगरप्रतिनिधि वडाले छनौट गर्न नसकेको हो ।
नेतालाई दोष दिन्छन् माओवादी कार्यकर्ता
‘अवसरवाद र स्वार्थमा लिप्त नेताका कारण हामी नेतृत्वविहीन बनेर बस्नु परेको छ’ माओवादी केन्द्र रत्ननगरका एक कार्यकर्ताले भने, ‘यही पारा हो भने आफ्नै नेताका कारण माओवादी हौँ भनेर भोट माग्न आफनै गाँउ जाँदा नि लखेट्छन्।’
त्यस्तै माओवादी केन्द्रका एक प्रभावशाली नेता पनि आफूबीच केही अवसरवादी र स्वार्थमा लिप्त रहेको मान्छे नेतृत्वमा भएका कारण सबै कार्यकर्ताहरुको पार्टीको शिर झुकेको स्वीकार गर्छन् । चुनाव नजिकिँदै जाँदा अझैँ नेतृत्व छैन, अब कसरी चुनावमा राम्रो गर्न सकिन्छ भन्दै ती नेताले आफू पार्टीका शीर्ष नेताका गतिविधिबाट आफू निराश रहेको बताए।
माओवादी रत्ननगर कमिटीमा अहिले भएको जस्तो फेरि पनि नहोला भन्न सकिन्नँ, यस्तै भएको खण्डमा रत्ननगरमा माओवादी केन्द्र पार्टीलाई नै धक्का लाग्न सक्छ । बेलैमा माओवादी केन्द्र चितवनले ध्यान दिन जारुरी छ।