चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा दुई जना बालकको मृत्यु भएको छ ।
चितवन प्रहरीका अनुसार भरतपुर–३ स्थित नारायणी नदीको किनारमा जमेको पानीमा भरतपुर ७ विकासचोक बस्ने बिमल गौतमको छोरा वर्ष १० को विदान गौतम र नाम थर वतन नखुलेको वर्ष ११ वर्षका बालकको पौडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पानीमा डुबेको खबरपछि तत्काल स्थानीयको सहयोगमा दुबै जनालाई उद्दार गरी उपचारको लागि भरतपुर अस्पताल ल्याएपछि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।