चितवन। भरतपुर महानगरपालिकाले वार्ड नम्बर ५ मा भूमिको निस्सा वितरण गरेको छ। नगरपालिकाले आज (बिहीबार) एक कार्यक्रम आयोजना गरि उक्त वडाका भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी गरि २१५ जनालाई निस्सा वितरण गरेको हो।
उक्त कार्यक्रममा भरतपुर महानगर प्रमुख रेणु दाहाल, प्रवक्ता अरुण पीडित भण्डारी, वडा नम्बर ५ का वडाध्यक्ष पदमपाणी सुवेदी, भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमल्सिना लगायतको उपस्थिति रहेको थियो।
राष्ट्रिय भूमि आयोग चितवनको सहकार्यमा भरतपुर महानगरले हालसम्म १२ वटा वडामा निस्सा वितरण गरिसकेको महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले चितवन प्रेसलाई जानकारी दिए ।