चितवन । चितवनको माडी नगरपालिकामा सुकुम्बासीहलाई निस्सा बाँड्ने काम अन्तिम चरणमा पुगेको छ । नगारपालिकाले आज (बिहीबार) माडी ९ बाँदरझुलाका सुकुम्बासीहरुलाई लागि निस्सा वितरण गर्ने भएको हो।
नगरपालिकाले हिजो बुधबार माडी ५ छरछरेका ढिकुरबारी, ब्रह्मपुरी लगायतका गाउँका भूमिहीन र दलित समुदायका १०५ सुकुम्बासीहरुलाई रातो निस्सा वितरण गरेको थियो ।
माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले चितवन प्रेससँग कुरागर्दै, राष्ट्रिय भूमि आयोग चितवनले माडी नगरपालिका ५ छरछरे र माडी ९, बाँदरझुलाबाट भूमिहीन सुकुम्बासीहरुको भोगचलनमा रहेका जमीनहरुको नापी गरी तयार पारेको निस्सा आज बाँदरझुलाका सुकुम्बासीहरुले पाउने बताए।
ढकालका अनुसार माडी नगरपालिकामा करिब ७०० को हाराहारीमा सुकुम्बासी रहेका छन् । उनले भने, ‘हिजोदेखि सुरु भएको निस्सा वितरणको केही ठाउँमा वितरण सकिएको छ । यहाँका सबै सुकुम्बासीले चाँडै नै निस्सा पाउनेछन् ।’
यस क्षेत्रका सुकुम्बासीको निस्सा वितरण सकिनको काम अन्तिम चरणमा पुगेको छ ।