चितवन । चितवनको माडी नगरपालिकाको वेलटांडीमा निशुल्क स्वास्थ्य शिविर हिजो (बुधबार) सम्पन्न भएको छ।
माडी नगरपालिका वडा नं -६ मा आयोजना गरिएको स्वास्थ्य शिविरमा कुल १ सय ५० भन्दा बढीले सेवा लिएको उद्योग संघ माडीका अध्यक्ष भोजराज खनालले जानकारी दिए । स्वास्थ्य शिविरमा नाक, कान, घांटी, दन्त समस्या, सुगर प्रेसर सम्बन्धि समस्या लगायतका औषधीहरु वितरण गरिएको थियो।
माडी औषधी व्यवसायी संघ, चितवन उद्योग संघ तथा युवा उद्यमी मन्च माडी इकाई समितीको संयुक्त आयोजनामा संचालित शिविरमा माडी नगरप्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा माडी नगरपालिका स्वास्थ्य शाखा, नेपाल बोर्डर आउट पोष्ट सशस्त्र प्रहरी बल कल्याणपुर तथा प्रहरी चौकी कल्याणपुर सहयोगीका रुपमा रहेका थिए ।