चितवन । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले यही फागुन २१ गते जिल्ला सम्मेलन गर्ने भएको छ। नेकपा (एकीकृत समाजवादी)को जिल्ला पार्टी कार्यालय चितवनमा हुने सम्मेलनको तयारी तिव्र पारिएको छ ।
फागुन २१ गते हुने पहिलो जिल्ला सम्मेलनबाट अनेरास्ववियूले जिल्ला कमिटि चयन गर्ने भएको हो । एमालेबाट विभाजित भएपछि एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको यो नै पहिलो जिल्ला स्तरीय सम्मेलन भएको अनेरास्ववियूका एक विद्यार्थी नेता प्रकाश अर्यालले बताए ।
अर्यालले चितवन प्रेससंग कुरागर्दै, ‘जिल्ला सम्मेलनमा करिब ५०० जनाको उपस्थिती रहेने अनुमान गरिएको बताए ।’ उनले भने, “हाम्रो संगठनको पहिलो सम्मेलन हो, तयारी तिव्र भैरहेको छ, आज समपूर्ण तयारी सकिन्छ, २१ गते सम्मेलन हुन्छ, जिल्ला भरिबाट करिब ५०० विद्यार्थी आउने अनुमान गरेका छौँ ।”
अनेरास्ववियूको चितवन जिल्ला सम्मेलनले सहमतीबाटै नेतृत्व पाउनेमा आफु ढुक्क रहेको बताउँदै अर्यालले, सम्मेलनको उद्घाटन गर्न एकीकृत समाजवादी को केन्द्रीय नेतालाई निमन्त्रणा गरिएको जानकारी दिए ।