चितवन। भरतपुर अस्पतालले भोलि (बिहीबार) ओपीडी सेवा बन्द गर्ने भएको छ। अस्पतालले आज एक सुचना जारी गर्दै विहिबार ग्याल्पो ल्होसारको अवसरमा एक दिन सार्वजनिक बिदा रहेको भन्दै उक्त दिन अस्पतालको ओपीडी सेवा बन्द हुने जनाएको छ।
उक्त दिन ओपीडी सेवा बन्द भएपनि अस्पतालका अन्य सेवा भने चौबिसै घण्टा चालु रहने अस्पतालले जनाएको छ।