काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले हालसम्मकै सस्तो बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘सूर्या सुरक्षा कवज’ नामक बीमा योजना सार्वजनिक गरेको हो ।
कोरोना महामारीले प्रभाव पारिरहेको अवस्थामा मानिसहरुलाई यस्तो बीमा योजना आवश्यक रहेको भन्दै सूर्या लाइफले बीमा गराउँदा मोटो रकम बीमाशुल्कवापत बुझाउनुपर्छ भन्ने भ्रमलाई चिर्न पनि यस्तो बीमा योजना ल्याएको बताएको छ । यो बीमा योजना बीमितले विद्युतीय माध्यमबाट आफ्नो मोवाइल तथा कम्प्यूटरबाट पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
यस योजना अन्तर्गत बीमीतले १८ वर्षको उमेर समूहले एक करोडको बीमाङ्कमा वार्षिक रुपमा १४ हजार ५५० तथा मासिक रुपमा एक हजार दुई सयमा नै यो बीमा गर्न सक्नेछन् । १८ देखि ६५ वर्षका बीमितलाई लक्षित यस बीमा योजनालाई आयस्रोत कम भएकाले पनि खरिद गर्न सक्ने कम्पनीको भनाई छ ।
त्यस्तै बीमा योजनाको अवधि भने एकदेखि तीस वर्षलाई तोकिएको छ भने अन्य योजनामा जस्तै यस योजनामा पनि मासिक, अर्ध वार्षिक, वार्षिक वा एकमुस्ट भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको छ ।