चितवन।नेपाली काँग्रेसको “घर घर जाऔं, वडा वडाबाट काँग्रेसलाई जिताऔं” भन्ने मुल नारा लिएर नेपाली काँग्रेस रत्ननगर नगरपालिका ९ कार्यसमितिले स्थानिय स्तरबाट टोल कार्यसमिति गठन गरी संगठन मजबूत बनाउने कार्यक्रम अन्तर्गत आज (मंगलबार) लालपर्सामा सिखा महतोको सभापतित्वमा १३ सदस्यीय टोल समिति गठन गरेको छ ।
नेपाली काँग्रेस रत्ननगर ९ का वडा सभापति अनन्त अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रमका विशिष्ट अतिथिहरुमा रत्ननगर काँग्रेसका नगर सभापति प्रलाद सापकोटा, प्रदेश क्षेत्र नं १ ख का सभापति गोविन्द गौतम र महाधिवेशन प्रतिनिधि उत्तम आर्चाय रहेका थिए । भने नेपाली काँग्रेस नगर कार्यसमितिका सहसचिवहरु रामचन्द्र पौडेल र अमृत मल्लको उपस्थिति रहेको थियो।
मृगौला पिडितलाई सहयोग
सोही कार्यक्रमको अवसरमा रत्ननगर ९ मोहोना मा वि टोलको गडौली निवासी ३२ वर्षे मिलन लामालाई नगद सहयोग गरिएको छ । पिडितलाई रत्ननगर काँग्रेसका नगर सभापति प्रलाद सापकोटाले रु २० हजार सहयोग गरे । त्यस्तै, काँग्रेसका चितवन जिल्ला सदस्यका आंकाक्षी सुमन क्षेत्रीबाट रु १० हजार, नेपाली काँग्रेस नगर कार्यसमितिका सह(सचिव रामचन्द्र पौडेलबाट र अमृत मल्लले रु ३-३ हजार, रत्ननगर ९ का वडा सभापति अनन्त अधिकारीबाट रु ५ हजार, पूर्व क्षेत्रिय सभापतिबाट रु १० हजार र नेपाली काँग्रेसका अन्य कार्यकर्ताले पनि सहयोग गरेका थिए ।