चितवन । लामो समयदेखि सुरु हुन नसकेको रत्ननगर महोत्सव–२०७८ आजदेखि सुरु हुँदैछ । ‘
आज (आइतबार)बाट सुरु हुन लागेको रत्ननगर महोत्सवको बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गर्ने महोत्सव मूल आयोजक समितिका संयोजक अनिल कृष्ण श्रेष्ठले जानकारी दिए ।
रत्ननगर महोत्सव हाम्रो पहिचान, व्यावसायिक कृषि र पर्यटन प्रवर्धन हाम्रो अभियान’ मूल नाराका साथ शुरु हुने महोत्सवमा ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।
फागुन १५ देखि २३ गतेसम्म ९ दिन सञ्चालन हुने रत्ननगर महोत्सव विभिन्न जातजाति, धार्मिक, साँस्कृतिक, शैक्षिकलगायत संघसंस्थाको सहभागितामा बाजा र झाँकीसहितको शोभायात्रा रत्ननगरको नेपाल माविको प्राङ्गढबाट शुरु हुनेछ ।