सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं २ बाट उम्मेदवारी दिने बताएका छन् ।
बादल संविधान सभाको निर्वाचनमा चितवन क्षेत्र नं २ बाट उमेदवारी बनी विजयीसमेत भएका थिए । त्यसबेला उनी नेकपा माओवादी पार्टीबाट चुनाव लडेका थिए । चितवन बादलको गृहजिल्लासमेत हो ।
शनिबार सुर्खेतको वीरेन्द्रनगरको विमानस्थलमा भएको पत्रकार सम्मेलनमा नेता बादलले भने, ‘आगामी निर्वाचनमा पार्टीले टिकट दिए विगतमा झैं चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै उठछु, संविधान सभाको निर्वाचनमा पनि त्यहीँबाटै विजयी भएको थिएँ ।’
यसअघिको निर्वाचनमा चितवन क्षेत्र नं २ मा नेकपा एमालेका नेता कृष्णभक्त पोख्रेल विजयी भएका थिए । युवा नेता पोख्रेल र बादल अहिले एउटै पार्टी नेकपा एमालेमा रहेका छन् ।