चितवन । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको हात्ती प्रजनन् केन्द्रमा रहेकी हिमालकलीबाट जन्मेको छावाको न्वारन गरिएको छ । छावाको भद्रगज नाम राखिएको छ । गत माघ २९ गते हिमालकलीले भद्रगजलाई जन्माएकी हुन् ।
तीन वर्षअघि गोपालगज जन्माएकी हिमालकलीको भद्रगज दोस्रो सन्तान हो ।यो वर्ष तीन वटा हात्तीले छावा जन्माइसकेका छन् । एउटा हात्ती गर्भ रहेको २२ देखि २४ महिनामा सुत्केरी हुने गर्छन् । हाल हात्ती प्रजनन् केन्द्रमा २३ वटा हात्ती छन् ।