चितवन। एमसीसीको बिरोध गर्दै आज चितवनमा मसाल जुलुस निकालिएको छ। वाईसियल र अखिल (क्रान्तिकारी) चितवन को आयोजनामा मसाल जूलूस निकालिएको हो ।
बीरेन्द्र क्याम्पसचोकबाट सुरु भएको मसाल जूलूस चौबिसकोठी पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभामा अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक अविनाश रम्तेल, वाईसियल जिल्ला ईन्चार्ज साजन अधिकारीले कोण सभा सम्बोधन गरेका थिए ।
तेस्तै माओवादी केन्द्रका भरतपुर महानगर उपाध्यक्ष पवित्रा रिजाल, सह सचिव प्रकाश कंडेल वाईसियल केन्द्रिय सदस्य सन्तोष पनेरु, अखिल (क्रान्तिकारी) बागमती प्रदेश अध्यक्ष सुरज सिंह ठकुरी वाईसियल जिल्ला संयोजक रामु गोदार जिल्ला सचिव राजु भुसाल , भरतपुर महानगर ईन्चार्ज दिवाकर श्रेष्ठ , महानगर संयोजक दिपेन्द्र पण्डित सचिव सतिष ढकाल लगायत जिल्ला नेताहरुको उपस्थित रहेको थियो ।