चितवन। नेकपा माओवादी केन्द्र भरतपुर १४ को भातृ संगठन पुनर्गठन भएका छन्। सोमबार कालिका मन्दिरमा भएको कार्यक्रममा विभिन्न ७ कमिटी गठन भएका हुन्। युवा संगठन योङ्ग कम्न्युनिष्ट लिग (YCL) वडा कमिटी अध्यक्ष दिपेन्द्र पौडेल, वरिष्ठ उपाध्यक्ष केशवराज पौडेल, उपाध्यक्ष अस्मिन परेल, सचिव ईश्वरराज आलेमगर, सहसचिवद्वय सानुमाया आलेमगर र मिसन अधिकारी, कोषाध्यक्ष सागर अधिकारी सहित २५ सदस्य गठन भएको हो।
यस्तै अखिल क्रान्तिकारी भरतपुर १४ को अध्यक्षमा सागर दवाडी,उपाध्यक्ष नितेश बराल,सचिव भिष्म खत्री, सहसचिव प्रीतम बिक, कोपिला सुनार, कोषाध्यक्षमा आकृति परियारसहित ११ सदस्य समिति बनेको छ। अखिल किसान महासंघ अध्यक्ष हरिभक्त पौडेल, सचिव बिष्णु प्रसाद दाहाल, कोषाध्यक्ष पद्मा गौतमसहित ९ सदस्य कमिटी गठन भयो। दलित संगठनको अध्यक्ष सुमित्रा विश्वकर्मा, उपाध्यक्ष चन्द्र सेन्चुरी, सचिव दल बहादुर विश्वकर्मा, कोषाध्यक्षमा आरती विश्वकर्मासहित १७ सदस्य कमिटी गठन गरिएको हो।
जनजाती संगठन अध्यक्षमा बेगबहादुर गुरुङ, उपाध्यक्ष समशेर गुरुङ, सचिव बिमल गुरुङ, सहसचिव सुजन गुरुङ, कोषाध्यक्ष मैते गुरुङ सहित ११ सदस्यीय कमिटी निर्विरोध चयन भएको वडा पार्टी कमिटीका अध्यक्ष बावुराम दाहालले जानकारी दिए।
कार्यक्रममा माओवादी केन्द्र भरतपुर महानगर अध्यक्ष ईश्वर सापकोटा सुमनले आफ्ना जनप्रतिनिधिले गरेका विकास निर्माणका काम जनता माझ लिएर जान निर्देशन दिए। उनले आगामी स्थानीय निकायको निर्वाचनको तीब्र तयारी गर्न समेत आग्रह गरे। कार्यक्रममा माओवादी नेताहरू नन्दलाल दाहाल, निशा न्यौपाने, प्रकाश कंडेल, अविरल पोखरेल, वाईसीएल चितवन ईन्चार्ज साजन अधिकारी, जिल्ला सचिव राजु भुषाल,भरतपुर ईन्चार्ज दिवाकर श्रेष्ठ, अखिल क्रान्तिकारी भरतपुर अध्यक्ष पिङ्गलराज पन्तलगायत अतिथि रहेका थिए।