चितवन।पछिल्लो २४ घन्टामा भरतपुर महानगरमा ११ जना कोरोना संक्रमित थपिएका छन् । सोहि अवधिमा चितवनमा १३५ जना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार पछिल्लो २४ घन्टामा भरतपुर महानगरमा मात्र ११ जना संक्रमित थपिएका छन् । शुक्रबार सक्रिय संक्रमितको संख्या ४५५ पुगेको छ ।
हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या ३३ हजार ४८५ पुगेको छ । ३२ हजार ५८३ जना निको भएका छन् । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।