काठमाडौँ। नेकपा माओवादी केन्द्र जसपा नेतृत्वको प्रदेश २ को लालबाबु राउतको सरकारमा सहभागी नहुने भएको छ ।
स्रोतको अनुसार नेकपा माओवादी केन्द्रले दुईवटा मन्त्रालय मागेको तर, एउटा मात्र कानुन तथा प्रदेश सभा मामिला मन्त्रालय दिने भनेर जसपा नेतृत्वको सरकारले भने पछि माओवादी सरकारमा नजाने भएको हो।
स्रोतको अनुसार अपमानजनक व्यवहार भएकाले नेकपा माओवादी केन्द्र सरकारमा नजाने निस्कर्षमा पुगेको छ । यसअघि जसपाले माओवादीलाई दुई मन्त्रालय दिने अनौपचारिक सहमति गरेको माओवादी केन्द्रको दाबी छ । तर एकाएक हाल आएर एक मन्त्रालय मात्रै दिने भनिएपछि नेकपा माओवादी केन्द्र सरकारमा जानबाट बिच्किएको जानकारी आएको छ ।