काठमाडौं।सत्तारुढ गठबन्धन बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनलगायतका विषयमा छलफल भइरहेको छ ।
सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर भएपछि एमसिसी संसदमा टेबुलसमेत हुन सकेको छैन । सत्तासिन नेपाली कांग्रेस जसरी पनि एमसिसी टेबुल गर्नुपर्ने पक्षमा भए पनि खासगरी माओवादी केन्द्र र एकीकृत समाजवादी, जनता समाजवादी पार्टी अहिलेको अवस्थामामा अगाडि बढाउन नहुने अडानमा छन् । एमसिसीको विरोध गरेको सत्ता गठबन्धनको राष्ट्रिय जनमोर्चा भने सडक आन्दोलनमा उत्रिसकेकाे छ ।
एमसिसीले दिएको समयसीमा सकिन १० दिन मात्र बाँकी रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा तीव्र दबाबमा छन् । बुधबार बसेकाे प्रतिनिधिसभा बैठकमा एमसिसी टेबुल हुन सकेकाे थिएन । आज दिउँसाे १ बजे पनि प्रतिनिधिसभा बस्दैछ । संसद् सचिवालयले सार्वजनिक गरेकाे सम्भावित कार्यसूचीमा पनि एमसिसी उल्लेख छैन । प्रतिनिधिसा बैठक अघि सभामुख अग्नि सापकाेटाले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिकाे बैठक बाेलाएका छन् ।