भरतपुर । पश्चिम चितवनको भरतपुर–२७, मेघौलीमा रहेको क्लिनिक नेपालले भरतपुर क्यान्सर अस्पताललाई करिब ५ लाख मूल्यबराबरको ६ सेट प्यासेन्ट मनिटर हस्तान्तरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेम लामिछाने र जिल्ला स्वास्थ्य प्रमुख दीपक तिवारीको रोहवरमा संस्थाका संस्थापक अध्यक्ष हरि भण्डारीले अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमलाई करिब ५ लाख मूल्यबराबरको सामग्री हस्तान्तरण गरेका हुन् ।
अस्पतालमा सञ्चालित १४० शøयाको कोभिड वार्डमा साबिक ६ वटामात्रै मनिटर रहेकोमा सिकिस्त बिरामीहरुलाई लक्षित गरी थप ६ सेट मनिटर निःशुल्क उपलब्ध गराइएको हो । क्लिनिक नेपालले मुलुकमा कोरोना महामारी सुरू भएदेखि नै यसको रोकथामका निम्ति विभिन्न खालका कार्यक्रमहरु सञ्चालन गर्दै छ ।
संस्थाले क्यान्सर अस्पताललाई यसअघिसमेत स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।