रत्ननगर । निषेधाज्ञाका कारण समस्यामा परेका रत्ननगर नगरापलिका पिठुवाका अति विपन्न २२ परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी पिठुवा उपशाखाले बुधवार आफ्नै भवनमा कार्यक्रम गरी प्रति परिवार २५ किलो चामल, नुन, प्याज लगायत खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपाने, रत्ननगर नगरपालिका–१४ का अध्यक्ष हरिकुमार श्रेष्ठ, वडा नम्वर १५ का अध्यक्ष हुमनाथ लामिछाने र वडा नम्बर १६ का अध्यक्ष हेमराज थापाले खाद्यान्न सामाग्री हस्तान्तरण गरेका थिए ।