सर्लाही।जिल्लाका दुई स्थानमा आगलागी भएकाे छ । हरिपुर नगरपालिका-३, फरहदवा निवासी राधेश्याम ठाकुरले सञ्चालन गरेको दाल उद्याेग र बागमती नगरपालिका-४, निवासी देवराज सिङतानको घरमा आगलागी भएको हाे ।
प्रहरीका अनुसार बुधबार साँझ विद्युत सर्ट भएर आगलागी हुँदा उद्याेगमा रहेकाे एक एउटा मेसिनसहितका सामग्री नष्ट हुँदा ५ लाख ४० हजारको क्षति भएकाे छ ।
त्यस्तै, साँझ सिङतानको घरमा आगलागी भएकाे छ । आगलागीबाट अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको छ ।