चितवन । हेटौडा उपमहानगरपालिका १५ रातोमाटे चेकपोष्टबाट ६०० ट्याबलेट लागुऔषध नाईट्राभेट सहित चितवनका ४ जना युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका वडा नंम्बर ८ बस्ने उत्सव भन्ने एन्जल गुरुङ र निश्चल परियार तथा भरतपुर महानगरपालिका वडा नंम्बर १६ का नर बहादुर राना मगर र युवराज गुरुङ रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार अस्ति सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडाको रातोमाटे चेकपोष्ट अगाडीसवारी साधन रोकी चेकजाँच गर्ने क्रममा बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना ६ ख ५३०९ नं. को बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा लुकाई छिपाई ल्याएको उक्त परिमाणमा नाइट्राभेट ट्याब्लेट फेला पारेको हो । उनीहरुलाई नियन्त्रणमा लिई आज मकवानपुर जिल्ला अदालतबाट दिन १० म्याद अनुमति लिई थपअनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।