चितवन।आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे । आज गुलाब फूल दिएर माया साटासाट गर्ने दिन हो । आजसम्म बजारमा गलाब फूल विक्री भइरहेको छ । एक सातामा नेपालमा एक करोडको गुलाब फूल भित्रिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष मीनबहादुर तामाङले नेपालमा एक करोडको गुलाब फूल भित्रिएको बताए ।
आज प्रेम दिवसका लागि नेपालमा २ लाख ३० हजार गुलाबका स्टिम आयात भएको एसोसिएसनले जनाएको छ । उनले भने, ‘बर्सेनि नेपालमा गुलाब फूल आयात भइरहेको छ, यस वर्ष ९० प्रतिशत गुलाब फूल भारतीय बजारबाट नेपाल आएको छ । १० प्रतिशत फूलको माग मात्र नेपालको उत्पादनले धानेको छ ।’
गत वर्षको तुलनामा यसपटक कोरोनाका कारण गुलाबको माग बढ्न नसकेको फ्लोरिकल्चर एसोसिएसन चितवनका पूर्वअध्यक्ष प्रकाश पन्तले बताए । उनका अनुसार चितवनमा ३० हजार स्टिमको माग प्रेम दिवसमा हुने गरेको छ । उनले चितवनमा २५ लाखको गुलाबको फूल प्रेम दिवसमा भित्रिने गरेको बताए ।
प्रेम दिवसमा यसवर्ष नेपालमा ९० प्रतिशत गुलाब फूल आयात भइसकेको उनले बताए । उनले भने, ‘१० प्रतिशत गुलाबको माग नेपालको उत्पादनले धान्छ, बाँकी सबै आयात हुन्छ ।’ चिसो मौसममा पर्ने हुनाले यतिबेला नेपालमा गुलाबको उत्पादन कम भएको छ । काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुरमा गुलाब फूलको उत्पादन हुन्छ । चितवनमा गुलाब फूलको उत्पादन खासै हुँदैन । उनले चितवनमा पनि १५ लाख गुलाब फूलको माग भएको बताए । चिसोको कारण नेपालमा यतिबेला गुलाब फूल धेरै उत्पादन हुन सकेन । गुलाब फूल भारतका विभिन्न सहर बैङ्लोर, कोलकता र दिल्लीबाट आयात हुन्छ ।
नेपालमा मात्रै नभएर विश्वमा नै फेब्रुअरी ७ बाट १४ सम्मलाई पे्रम सप्ताहको रुपमा मनाउने गरिन्छ । प्रेमीप्रेमिकाहरुले एकअर्कालाई प्रेमको प्रतीकको रुपमा रातो गुलाब दिएर प्रेम दर्शाउने गर्दछन् । तर, नेपालको उत्पादनले बजारको माग धान्न नसकी छिमेकी मुलुक भारतबाट धेरै मात्रामा गुलाब आयात हुने गरेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।
हाल बजारमा प्रतिगोटा गुलाबको मूल्य ८० देखि १ सय रूपैयाँसम्म पर्ने गरेको छ । गत वर्षको तुलनामा यसपटक कोरोनाका कारण गुलाबको माग बढ्न नसकेको फ्लोरिकल्चर एसोसिएसन चितवनका पूर्वअध्यक्ष प्रकाश पन्तले बताए । उनका अनुसार चितवनमा ३० हजार स्टिमको माग प्रेम दिवसमा हुने गरेको छ । उनले चितवनमा २५ लाखको गुलाबको फूल प्रेम दिवसमा भित्रिने गरेको बताए ।
अध्यक्ष पन्त आफैँले पनि चितवनमा गुलाबकै अत्याधुनिक व्यावसायिक फार्म हाउस सञ्चालन गर्दै आएका किसान हुन् । तर उनले यसपटक बढी चिसो भएका कारण गुलाब फूलको उत्पादन गरेका छैनन् ।
व्यवसायीका अनुसार प्रेम दिवसमा हाल नेपालको कुल मागको करिब १० प्रतिशतमात्रै नेपाली उत्पादनले धान्ने गरेको छ । प्रेम दिवसमा बजारको मागलाई धान्न नसकी अन्यत्रबाट गुलाब ल्याउनुपर्ने बाध्यता रहेको फूल व्यवसायी राजकुमार श्रेष्ठले जानकारी दिए ।