चितवन । राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले बाँदरझुलाका जनतालाई पुर्जासहित धन्यवाद दिनुपर्ने बताएका छन् ।
आज (आइतबार) प्रेस सेन्टर नेपाल, भरतपुर महानगर कमिटीले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले बाँदरझुलाका जनताले सीमामा हुने तस्करी रोक्ने देखि सीमा रक्षा सम्म गरिरहेको हुनाले, त्यहाँका जनतालाई पुर्जासहित धन्यवाद दिनुपर्ने जिकिर गरे । उनले भने, ‘नेपालको संविधानले नै १० वर्षभन्दा बढी समयसम्म जंगल नभएको ठाउँमा निरन्तर खनजोत गर्दै आएको छ भने त्यस्ता व्यक्तिलाई पुर्जा दिने भन्ने छ। त्यसमाथि बाँदरझुलाका जनताको त पाहाड घरनै त्यहीँ हो । यस्तो अवस्थामा निकुञ्जले भाँजो हाल्न हुदैन।’
यस पटक भूमिहीन र सुकुमबासीको नाममा अरुकुनै धनाढ्य व्यक्तिले वा हुकुमबासीले पुर्जा पाउने सम्भावना नभएको तिमिल्सिना दाबी गरे । उनले भने, ‘पहिले वडाले जाँच गर्छ त्यसपछि नगरपालिकाले अनुगमन गर्छ ,जाँच गर्छ, त्यसपछि बल्ल भूमि आयोगले पुर्जा बितरण गर्ने हो । यसमा आफु खुशी पनि हुदैन गलत मान्छेले पुर्जा पाउछँ भन्ने पनि हुन्न ।’
चैत ५ गतेदेखि निर्वाचन आचारसंहिता लाग्ने हुँदा आफूले निकै रफतारमा काम गरेको सकभर आफनै पालोमा काम सक्ने उनले बताए ।
पहाडी क्षेत्रमा धनाढ्य व्यक्तिहरूले डाँडो भत्काइरहेको र त्यहाँका वास्तविक बासिन्दाहरुलाई भूमिहिन बनाउदै जंगल तिर लखेट्ने गरिरहेको हुदाँ, त्यस्ता भूमाफियाहरु कुनै पनि हालतमा पुर्जा नपाउने दाबी गरे। तिमिल्सिनाले भने, ‘नाम तोकदिन तर, नारायणगढ, टाँडी, काठमाण्डौँ सम्मका संसद, मन्त्री, व्यपारि सबैको जग्गा छ ,दबाब म सहन सक्छु त्यस कारण कुनै हालतमा हस्ताक्षर गर्दिन ।’