चितवन।चितवनको जिल्ला कारागार कार्यालय भरतपुरमा कैदीहरुलाई विभिन्न ज्ञान प्रदान गर्ने उद्देश्यले पुस्तकहरु हस्तान्तरण गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी, भरतपुर महानगरपालिका वडा न १० का अध्यक्ष अरुण पिडित भण्डारी सामुदायिक सेवा केन्द्र नारायणगढको अध्यक्ष मिना खरेल तथा विभिन्न अधिकार कर्मीहरुको सहभागितामा कानुन, मनोरञ्जनात्मक, ज्ञानबोधक तथा धर्मसम्बन्धी नयाँ तथा पुराना ४०८ थान पुस्तकहरु कारागारमा हस्तान्तरण गरिएको छ ।