चितवन।दूधको उपभोक्ता मूल्य ९ रुपैयाँले बढेर कायम भएको छ । चितवनमा अब दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८५ पुगेको छ ।
सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले प्रशोधित स्टान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएर रु ८५ रुपैयाँ बनाएको छ । यसअघि उपभोक्ता मूल्य ७६ रुपैयाँ कायम भएको थियो ।
मूल्य वृद्धिसँगै अब काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा दूधको प्रतिलिटर मूल्य ८५ रुपैयाँ पुगेको छ । चितवनमा पनि हेटौँडाअन्तर्गतकै मूल्य कायम हुन्छ । त्यसैले यहाँ पनि अब दूधको मूल्य प्रतिलिटर ८५ भएको छ।
यस्तै वुटवल भैरहवामा एक लिटरको मूल्य ८१ र नेपालगन्ज र धनगढी क्षेत्रमा प्रतिलिटर मूल्य ७९ रुपैयाँ कायम भएको छ । बढेको मूल्य शुक्रबारदेखि लागू हुनेछ ।