चितवन । पूर्वपश्चिम राजमार्गस्थित टिकौली जंगलमा डिब्बा ट्रकको ठक्करबाट स्कुटरमा सवार दुई जना यात्रु घाइते भएका छन् ।
रत्ननगर टाँडीबाट तनहुँको लागि छुटेको ना ३ ख ७५११ नम्बरको डिब्बा ट्रकको ठक्करबाट प्रदेश ३–३००४ प ८४१ नम्बरको स्कुटरमा सवार रहेका खैरहनी ५ का ४८ वर्षका दयाराम महतो र रत्ननगर ५ का १९ वर्षका सिमन्त महतो घाइते भएका चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुबैको हात र खुट्टा भाँचिएको छ । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।