चितवन । चितवनमा आज दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा चितवनमा ५० जना कोरोना संक्रमित थपिएका छन् ।
भरतपुर महानगरमा ३४ जना, खैरहनी नगरपालिकामा ५ जना, माडी नगरपालिकामा ६ जना, रत्ननगर नगरपालिकामा ३ जना, राप्तीमा १ जना र कालिकामा १ जना कोरोना संक्रमित थपिएका छन् । चितवनमा सक्रिय संक्रमितको संख्या २ हजार १४४ मा झरेको छ । चितवनमा हालसम्म ४४४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।