चितवन । भरतपुर महानगरपालिकाले साढे चार वर्षमा सडक निर्माणमा छलाङ नै मारेको छ । अध्ययनको क्रममा पनि सडक निर्माण तीव्र गतिमा महानगरमा विकास भएको पाइन्छ । महानगर प्रमुख रेनु दाहालले सडकलाई मुख्य प्राथमिकता दिएर विकास गरेको पाइयो ।
महानगरको विकास एवं समृद्धिको मूल आधारका रूपमा रहेको सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखी कार्य अघि बढाइएको र परिणाम स्वरुप साढे ४ वर्षको अवधिमा ६१० किलोमिटर सडक कालोपत्रे तथा ४५० किलोमिटर सडकमा ग्राभेल गरिएको भेटियो ।
महानगरको विकास एवं समृद्धिको मूल आधारका रूपमा रहेको सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखी कार्य अघि बढाइएको र परिणाम स्वरुप साढे ४ वर्षको अवधिमा ६१० किलोमिटर सडक कालोपत्रे तथा ४५० किलोमिटर सडकमा ग्राभेल गरिएको भेटियो ।
संघीयसरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकै सबभन्दा लामो ८८.६ किमीको महानगरीय रिङरोड रु ८ अर्व २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदनतयार भई सघन शहरी विकासबाट १० किमि, प्रदेश सरकारबाट ८.५५ किमि, सडक विभागबाट १२ किमि र महानगरबाट १० किमि गरी जम्मा ४०.५५ किमि रिङ्गरोड निर्माणाधीन अवस्थामा रहेको र बाँकी ४८.०६५ किमि निर्माणको लागि स्रोत सुनिश्चितताको पहल भइरहेको छ । साथै ५२ किमि लिंक रोडको काम निर्माणाधीन अवस्थामा रहेको छ।
महानगर प्रमुख दाहालका अनुसार पुल्चोकदेखि गोन्द्राङ्गसम्म हरियाली सहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माणको लागि रु१ अर्ब ९८ करोड ७३ लाखको लागतमा कार्य प्रारम्भ भएको ४ लेन बाइपास सडक विस्तार एवं सतह ढल निर्माणको कार्य पनि अघि बढिरहेको छ। यसैगरी हुलाकी सडकको १९ किमि विस्तार एवं स्तरोन्नति र भरतपुर–मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ किमि सडक निर्माणाधीन अवस्थामा रहेको छ ।