चितवन । इच्छाकामना गाउँपालिका चितवनको एकमात्र गाउँपालिका हो।
जनगणना २०७८ अनुसार इच्छाकामना गाउँपालिकाको जनसंख्या २६ हजार ९६५ रहेको छ। जनगणना २०७८ अनुसार इच्छाकामना गाउँपालिकामा १३ हजार ५९९ पुरुष र १३ हजार ३६६ महिलाको जनसंख्या रहेको छ । ६ हजार १७४ परिवार संख्या र ५ हजार ५१७ घरसंख्या रहेको छ।
इच्छाकामनाको गाउँपालिका अध्यक्षमा कांग्रेसकी गीता गुरुङले तीन हजार दुई सय ५४ मत ल्याएर विजयी भएकी थिइन् । उनकी निकटम प्रतिद्वन्द्वी एमालेका नारायणप्रसाद अधिकारीले तीन हजार ६१ मत ल्याएका थिए । त्यस्तै, माओवादीका प्रताप गुरुङले दुई हजार तीन सय ९९ मत ल्याएका थिए।
अन्य दलसँग चुनावी तालमेल नगरेपनि नेपाली कांग्रेसलाई एमाले भित्र भएको फुटको सिधा फाइदा मिल्छ ।
तिन राजनीतिक शक्त्तिको निकै कडा प्रतिस्पर्धा भएको इच्छाकामना गाउँपालिकामा कांग्रेसले गाउँपालिकाको अध्यक्षमा जित निकाल्दै चितवनमा आफनो साख जोगाएको थियो । तिन राजनीतिक शक्त्ति मध्य चितवनमा एमालेले ४ स्थानीय तह माओवादीले २ स्थानीय तह र कांग्रेसले मात्र एक स्थानीय तह जितेको थियो ।
गिता गुरुङले आफनो निकटम प्रतिद्वन्द्वी एमालेका नारायणप्रसाद अधिकारीलाई मात्र १९३ मतआन्तरले पराजित गरेकी थिइन् ।
उपाध्यक्षमा कांग्रेसकै कृतिकुमार श्रेष्ठले तीन हजार तीन सय ८९ मत ल्याएर विजयी भएका थिए । एमालेका जुनुराज भण्डारीले तीन हजार ९७ र माओवादीकी सावित्रा सिलवालले दुई हजार दुई सय २९ मत प्राप्त गरेका थिए ।
निर्वाचन आयोगले स्थानीय चुनावको मिति जेठ ४ गते गर्ने सिफारिस गरि सकेको छ । अब स्थानीय चुनाव भएमा चितवनमा एक पालिका बाहेक सबै पालिकामा लगभग स्थानीय सरकारको नेतृत्व गर्न चुकेको कांग्रेस अब आउने स्थानीय चुनावमा एमाले पार्टीको राजनीतिक फुटको फाइदा लिँदै चितवनका सबै पालिकाहरुमा आफनो सरकार बनाउन चाहान्छ ।
अन्य दलसँग चुनावी तालमेल नगरेपनि नेपाली कांग्रेसलाई एमाले भित्र भएको फुटको सिधा फाइदा मिल्छ ।