चितवन । राजेन्द्र पाण्डे नेतृत्वको बागमती प्रदेश सरकारले एक सय दिनको उपलब्धी सार्वजनिक गरेको छ । शुक्रबार हेटौंडास्थित सामाजिक विकास मन्त्रालयको सभाहलमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले ६७ बुँदामा आफू नेतृत्वको सरकारका उपलब्धिहरू सार्वजनिक गरेका छन् ।
पाण्डे बागमती प्रदेश सरकारको मुख्यमन्त्रीको रुपमा २०७८ कार्तिक ११ गते पद बहाली भए पश्चात् सोही दिन तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेका थिए ।
उनले सय दिनका चितवनमा गरेका उपलब्धिमा आफु सहितको उच्च स्तरीय टोलीबाट चितवन जिल्लाको शक्तिखोर औद्योगिक पार्क स्थापना गर्न स्थलगत निरीक्षण गरी शीघ्र रूपमा निर्माण र सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन सहजीकरण गरिएको उल्लेख गरेका छन् ।
त्यस्तै, मुख्यमन्त्री पाण्डेले मकवानपुर, चितवन र धादिङका चेपाङ्गहरूको राष्ट्रिय पर्व न्वागीमा विदा दिने निर्णय पनि आफनो प्रगतिमा उल्लेख गरेका छन् । उनले ट्रायल सेन्टर सहित यातायात व्यवस्था सेवा कार्यालय, भरतपुरको निर्माण कार्यको लागि जग्गा प्राप्तिकोआवश्यक प्रक्रिया अघि वढाइएको कार्यलाई पनि आफ्ना उपलब्धिमा उल्लेख गर्न भ्याएका छन् ।