चितवन । चितवनको माडी नगरपालिका निकुञ्ज र वनक्षेत्रको घेरामा रहेको छ ।
जनगणना २०७८ अनुसार माडी नगरपालिकाको जनसंख्या ३८ हजार ५५० रहेको छ । माडी नगरपालिकामा १८ हजार २२७ पुरुष र २० हजार २९३ महिलाको जनसंख्या रहेको छ । १० हजार २२७ परिवार संख्या र ९ हजार ७१० घरसंख्या रहेको छ ।
२०७४ सालमा स्थानीय तहको निर्वाचनको मतगणना भईरहँदा सबैको ध्यान माडी नगरपालिकातर्फ थियो । २०६२ साल जेठ २३ मा चितवन माडीस्थित बाँदरमुडेमा माओवादीले थापेको एम्बुसमा एक यात्रुबाहक बस परेपछि माडी उपत्यका एकाएक चर्चामा आएको थियो।
स्थानीय तह निर्वाचनमा बाँदरमुढे घटनाले माओवादीलाई घाटा लाग्ने अन्य दलको अनुमान थियो । बाँदरमुढे घटनालाई चुनावी प्रचार प्रसारको मुख्य पाटोनै बनाएर केही राजनितिक दल चुनावी प्रतिस्पर्धामा होमिएका थिए ।
तर, बाँदरमुढे घटनाले माओवादीलाई घाटा लाग्ने अन्य दलको अनुमान ठिक विपरित चितवनको माडी नगरपालिका मेयरमा माओबादी केन्द्रका ठाकुरप्रसाद ढकाल बिजयी भए । उनी ३ हजार ८७३ मत ल्याएर विजयी भए, ढकालका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमप्रसाद महतोले ३ हजार ८२९ मत ल्याए । ४४ मतको अन्तरले ढकाल विजयी भए ।
उपमेयरमा एमालेका ताराकुमारी काजीमहतो विजयी भएकी थिइन् । उनले ४ हजार ६९० मत ल्याइन् । उपमेयरमा माओवादी केन्द्रकी सरिता महतोले ३ हजार ८०४ मत मत ल्याएइन्।
मतगणनाको सुरुदेखि अग्रस्थानमा रहेको एमालेका मेयर उम्मेदवार नारदमणि पौडेल अन्तिम नजितासम्म आइपुग्दा तेश्रो स्थानमा झरेका थिए । पौडेलको जित निश्चित भएको अनुमान गरिएको थियो । ९ वटा वडा रहेको माडीमा एमालेले ३, ६, ७, ८ र ९ नम्बर वटा वडा जितेको छ । माओबादी केन्द्रले २ र ४ नम्बर वडामा जितेको छ । काग्रेसले १ नम्बर वडामा जितेको छ । यही वडाले एमाले पछि परेको थियो ।
२१ हजार ६७२ मतदाता रहेको यो नगरपालिकामा १६ हजार ३७१ मत खसेको थियो ।
यो ५ बर्षमा माडीका मेयर ढकालले माडीमा के कति बिकास गरे? यो त अब आउने स्थानिय चुनावमा माडीका जनताले मुल्याङकन गर्नेनै छन् । यस अघि ४४ मतअन्तरले विजयी भएको माओवादी केन्द्रलाई अबको स्थानिय चुनावमा माडीमा नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाको कडा चुनौती हुने छ ।