चितवन । भरतपुर मध्य नेपालमा अवस्थित एक सुन्दर महानगर हो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार धेरै जनसंख्या हुने महानगरमध्ये भरतपुर महानगरपालिका तेस्रो नम्बरमा परेको छ । हालै सार्वजनिक राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार भरतपुर महानगरपालिकाको जनसंख्या ३ लाख ६९ हजार ३७७ छ ।
देशमा फेरी स्थानीय चुनाव आउँदै गर्दा भरतपुर यस अर्थमा पनि चर्चामा रहने गर्छ किनभने यस अघिको स्थानिय चुनावमा मतपत्र च्यातिए पछि यसै महानगरले विबादास्पद मेयरको रुपमा रेनु दाहाललाई पाएको थियो ।
यो महानगरमा २०७४ सालको निर्वाचनमा प्रमुख पदमा नेकपा माओवादी केन्द्र र उपप्रमुख पदमा नेपाली काँग्रेस विजयी भएका थिए । त्यस बेला नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बिच चुनावी तालमेल थियो ।
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल ४३ हजार १२७ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याए भने राप्रपाका बद्रीनाथ तिमिल्सिनाले ६ हजार ८४२ मत पाएका थिए ।
उपप्रमुखमा नेपाली काँग्रेसका पार्वती शाह ठकुरी ४७ हजार १९७ मत ल्याएर विजयी भएकी थिइन् । भरतपुर महानगरमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएका कारण यहाँ प्रमुखमा काँग्रेसले र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवारी दिएको थिएन ।
यो उपमहानगरमा उपमेयरतर्फ नेकपा एमालेकी दिव्य शर्माले ३९ हजार ५२५ र राप्रपाका रिना गुरुङले ७ हजार २५२ मत ल्याएकी थिइन्।
भरतपुर महानगरका २९ वडामध्ये १४ वडामा एमाले, १२ वडामा कांग्रेस र तीन वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए ।
भरतपुरले मतदान गरेको झण्डै ३ महिनापछि नयाँ मेयर र उपमेयर पाएको थियो ।
भरतपुर महानगरपालिकामा पहिलो चरणमा बैशाख ३१ गते निर्वाचन भएको थियो । १९ नम्बर वडाको मतगणनाको क्रममा गत जेठ १४ गते मध्यराति मतपत्र च्यातिपछि गणना स्थगित गरिएको थियो । मतपत्र च्यातिएपछि सो वडाका सबै मत बदर गर्दै निर्वाचन आयोगले साउन २० गते पुनः मतदान गराएको थियो ।
मतपत्र च्यातिनुअघिसम्म एमाले उम्मेदवार देबी ज्ञवाली रेनु दाहालभन्दा ७८४ मत अन्तरले अघि थिए । वडा नम्बर २० मा ज्ञवालीले ५६३ मत तिरेका थिए । २२१ मतको सामान्य अग्रता लिएर वडा नम्बर २० मा प्रवेश गरेका ज्ञवालीको अग्रता १६ सय मत गणना गरेपछि सकिएको थियो ।
नेकपा एमालेले मतपत्र च्यातिएको अझै बिर्सिएको छैन । हालै चितवनमा आफनो अधिवेशन सकेको एमालले अबको स्थानिय चुनावमा पहिले च्यातिएको मतपत्रको समेत हिसाब खोज्नेनै छ ।