काठमाडौँ।नेप्सेका अनुसार आज विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएपछि सकारात्मक सर्किट लागेको हो । त्यसमा बिन नेपाल लघुवित्त, लिवर्टी इनर्जी, शिव श्री हाइड्रोपावर, नेपाल पूर्वाधार बैंक, बुद्ध भूमि नेपाल हाइड्रोपावर रहेका छन् ।
यस्तै अरुण भ्याली हाइड्रोपावर ९।०२, हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ८।८५ प्रतिशतले कमाए । त्यस्तै, मञ्जुश्री फाइनान्सको ऋणपत्र ३।२३, एनआइसी एशिया सेलेक्ट फण्ड २।२३, मेगा म्युचुअल फण्ड एक १।९३, सानिमा लार्ज क्याप फण्ड १।९० र एनआइबिएल समृद्धि फण्ड दोस्रोका लगानीकर्ताले १।३६ प्रतिशतले गुमाएका छन् ।