चितवन।इच्छाकामना–४ कुरिनटारस्थित पृथ्वी राजमार्गमा सुमोको ठक्करबाट स्थानीय निरु बोहोरा घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट काठमाडौँ तर्फ गइरहेको बा २ झ २८५३ नम्बरको टाटा सुमोले पैदल यात्रा गरिरहेकी ३८ वर्षकी बोहोरालाई ठक्कर दिएको थियो ।
घाइते बोहोरालाई स्थानीय अस्पताल ट्रमा सेन्टरमा उपचारपछि थप उपचारको लागि काठमाडौँ हेम्स अस्पतालमा लगिएको प्रहरीको भनाइ छ । उनको अवस्था मध्यम रहेको छ भने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।