चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि आफ्नो नियमित सेवाहरु बन्द गरेको थियो । सेवा बन्द भएको आज शुक्रबार एक साता भएको छ ।
अब प्रशासनको नियमित सेवा कहिलेबाट खुल्छ त ? प्रशासनले शुक्रबार सूचना जारी गरी पर्सी आइतबारबाट स्थगित सेवाहरु सञ्चालन गर्ने जनाएको छ । सूचनामा स्थगित भएको सेवाहरु चल्ने कुरा उल्लेख छ । सेवाग्राहीहरुले खोप कार्ड लिएर आउन अनुरोध गरिएको छ । मोबाइलमा खोप कार्ड भए पनि मान्यता दिइने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।