चितवन । चितवन लगायत बागमती प्रदेशका जिल्लाहरुमा आज (शुत्रबार) पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ । आज बिहानैबाट चितवन जिल्ला र जिल्ला आसपास हुस्सु/कुहिरो लागेको छ ।
महाशाखा विवरण अनुसार आज चितवनको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहने मापन गरिएको छ।
दिउँसो प्रदेश १ र बागमतीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । तिनै क्षेत्रको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।
शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।
आइतबार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।