रूपन्देही । यतिबेला प्रहरी यी आमाछोरीको आफन्त खोजिरहेको छ । आमाछोरीको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा राखिएको छ। अधवैंशे महिला र बालिकाको शवले बुझ्न कुनै आफन्त आएका छैनन् ।
न त अहिलेसम्म आफन्त पत्ता नै लागेको छ । प्रहरीका अनुसार उनीहरूको दुवैको शव पोष्टमार्टम गर्दा हत्या गरेको देखिन्छ । प्रहरीले हुलिया सार्वजनिक गर्दै आफन्त गुहारिरहेको छ ।
रूपन्देहीकोे देवदह नगरपालिका वडा नम्बर– ९ घोडाहा जंगलमा मंगलवार हत्या गरेर फालिएको अवस्था आमा छोरीको शव भेटिएको हो । रूपन्देही प्रहरीले उनीहरूको सनाखतका लागि पत्राचार र सूचना जारी राखेको छ ।