चितवन । इच्छाकामना गाउँपालिकामा हालसम्म १२ हजार ५९७ जनाले कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेका छन् ।
इच्छाकामना गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक हरिबहादुर देवकोटाका अनुसार इच्छाकामनामा १० हजार ३१३ जनाले पूर्ण खोप लगाइसकेका छन् । इच्छाकामनामा हाल प्रत्येक वडाबाट खोप लगाउने व्यवस्था गरिएको छ । वडा नं २ र ७ नं वडामा दुई ठाउँमा खोप लगाउने व्यवस्था गरिएको छ ।
गाउँपालिकाले दारेचोक स्वास्थ्य चौकीबाट दैनिक एन्टिजेन परीक्षण गरिरहेको छ । ८० प्रतिशतले खोप लगाइसकेको इच्छाकामना गाउँपालिका दैनिक ३ जना कोरोना संक्रमित भइरहेका छन् । इच्छाकामना गाउँपालिकामा खोप लगाउनेहरुको संख्या बढ्दै गइरहेको छ ।