चितवन । एक शताव्दी पार गरेका नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज नेता देवी ज्ञवालीका पिता बालकृष्ण ज्ञवालीको निधन भएको छ ।
उनको भरतपुर ४ स्थित निवासमा आज बिहान निधन भएको हो । ज्ञवालीको आजै शिवघाटमा अन्त्येष्टि गरिएको छ । ‘शताव्दी पुरुष’को रुपमा परिचित ज्ञवाली २०४३ सालमा साविक मंगलपुर गाउँ पञ्चायत वडा नम्बर ३ बाट जनपक्षीय वडा सदस्यका उम्मेदवार बनेका थिए ।
नेकपा एमाले चितवनले ज्ञवालीको निधनबाट असल अभिभावक गुमाएको महसुस गरेको छ ।