काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ६० पैसा कायम गरेको छ ।
युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ९० पैसा र बिक्रीदर १६१ रुपैयाँ ७१ पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्रीदर १० रुपैयाँ ५३ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।