काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुले शुक्रबार राति राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सरकारमा सहभागी गराउँदै १७ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
उनले एमालेका पुराना अधिकांश मन्त्रीलाई समेत हटाएर ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
ओली सरकारमा अब सरकारमा ३ जना उपप्रधानमन्त्री, १२ जना मन्त्री र २ जना राज्यमन्त्रीको टीम बनेको छ । ओलीले विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाएका छन् ।
पुनर्गठित मन्त्रिपरिषद्मा रहेका मन्त्री र उनीहरुले सम्हालेका मन्त्रालय
प्रधानमन्त्री केपी शर्मा ओली – रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
विष्णु पौडेल – उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो – उपप्रधानमन्त्री, शहरी विकास
रघुवीर महासेठ – उपप्रधानमन्त्री, परराष्ट्र
शेरबहादुर तामाङ – स्वास्थ्यमन्त्री
कृष्णगोपाल श्रेष्ठ – मन्त्री, शिक्षा
बसन्तकुमार नेम्वाङ – मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ – मन्त्री, कानून न्याय तथा संसदीय मामिला
शरतसिंह भण्डारी – मन्त्री, ऊर्जा
अनिल झा – मन्त्री, खानेपानी तथा सरसफाई
विमल श्रीवास्तव – श्रम तथा रोजगार
उमाशंकर अरगरिया – मन्त्री, वन तथा वातावरण
लक्ष्मणलाल कर्ण – मन्त्री, भूमि व्यवस्था
चन्दा चौधरी – मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ – मन्त्री, युवा तथा खेलकुद
चन्द्रकान्त चौधरी – राज्यमन्त्री, ऊर्जा
रेणुका गुरुङ – राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक