चितवन । चितवनमा कोरोना सक्रिय संक्रमितको संख्या २८६१ पुगेको छ । संक्रमित बढेसँगै सरकारी कार्यालयहरुले अतिआवश्यक बाहेकका सेवा र कामहरु कटौती गरेका छन् ।
कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनदेखि भरतपुर सरकारी अस्पतासम्मका सेवा प्रभावित भएका हुन्।
अहिले जिल्ला प्रशासन कार्यालय चितवन, माडी नगरपालिका, भरतपुर अस्पताल लगायत अन्य सरकारी कार्यालर्यहरुमा पनि सेवा प्रभावित भएको जिल्ला प्रशासन कार्यलय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए । शर्माका अनुसार प्रशासन कार्यालय आफैले पनि अत्यावश्यक बाहेकको सेवा दिन सकेको छैन ।
भरतपुर अस्पताल, वि.पी कोइराला मेमोरियल अस्पताल, माडी नगरपालिका, चितवन मेडीकल कलेज लगायत अन्य अस्पताल तथा अन्य सरकारी कार्यालयहरुले अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रभावित भएका छन् ।