चितवन । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिरेहेका बेला चितवन आसपासका जिल्लाहरुमा कोरोना रोकथामकालागि विभिन्न अभियानहरु सञ्चालनमा आइरहेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले पनि आवश्यक परे विभिन्न अभियानहरु सञ्चालनमा ल्याउने तयारी थालेको हो ।
जिल्ला प्रशासन कार्यलय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले चितवन जिल्लामा मानिसहरु बिना मास्क हिडडुल नगरेको बताउँदै, यदि त्यस्तो भएको भेटिए, आवश्यक परेको खण्डमा तपाइको मास्क खै ? अभियाननै चलाउन पनि प्रशासन कार्यालय तयार रहेको जानकारी दिए ।
शर्माले चितवन प्रेससँगको कुराकानीमा भने, “प्रशासनले अहिले कुनै अभियानको बारेमा सोचेको छैन, आवश्यक परेको खण्डमा तपाइको मास्क खै ? जस्तै अभियानहरु गछौँ” ।
चितवनमा दिनहुँ संक्रिय संक्रमितको संख्या पहाड चढ्दै छ । जिल्लामा अहिले २८६१ सक्रिय संक्रमितको संख्या पुगेको छ।