चितवन। पछिल्लो २४ घन्टामा ४०८ जना कोरोना संक्रमित थपिएका छन् । हिजो संक्रमितको संख्या ४८८ थियो। आज २९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। दिनदिनै कोरोना संक्रमित दोब्बर वृद्धि भएको देखिन्छ।
स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार पछिल्लो २४ घन्टामा भरतपुर महानगरपालिकामा ३५३ जना, रत्ननगर नगरपालिकामा १२ जना, खैरहनी नगरपालिकामा १४ जना, कालिका नगरपालिकामा ७ जना, माडी नगरपालिकामा ११ जना, इच्च्छाकामना नगरपालिकामा ० जना र राप्ती नगरपालिकामा 11 जना संक्रमित थपिएका छन् । शनिबार सक्रिय संक्रमितको संख्या २७३६ पुगेको छ ।
हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या ३० हजार ३७ पुगेको छ । २६ हजार ८६४ जना निको भएका छन् । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।