चितवन। हिजो बिहीबार राति स्कुटर दुर्घटना हुँदा स्कुटरको अगाडिको भाग टुक्राटुक्रा भएको छ । स्कुटरमा दुई जना सवार थिए । चितवन प्रहरीले स्कुटर चालकको मृत्यु भएको जनाएको छ ।
भरतपुर महानगरपालिका ४ धर्मचोकमा स्कुटर दुर्घटना भएको हो । जेम्स फनपार्कबाट चौविसकोठीतर्फ जान लागेको प्रदेश ०३–००४ प ७३२२ नम्वरको स्कुटर धर्मचोकको चौतारीमा ठोक्किएको थियो । स्कुटर तीव्र गतिका कारण अनियन्त्रित भएर पल्टिएको चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार स्कुटर चालक भरतपुर–१६ का ३५ वर्षका दिल खत्रीको उपचारका क्रममा मृत्यु भएको छ । स्कुटर पछाडि बसेको भरतपुर १६ कै २४ वर्षका दिवस चापागाईंको पुरानो मेडिकल कलेजमा नै उपचार भइरहेको प्रहरीको भनाइ छ ।