नवलपरासी। सार्वजनिक अपराध मुद्दामा विगत ६ वर्षदेखि फरार रहेका दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासी जिल्ला अदालतबाट सार्वजनिक मुद्दामा मिति २०७२ माघ २४ गते फैसला भई तत्काल जनही ५ हजार रुपैयाँ जरिवाना तोकिई सजाय भुक्तान गर्न बाँकी रहेका २ जना अभियुक्तलाई इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरुलाई प्रहरीले नवलपरासी बर्दघाट नगरपालिका वडा नं ४ बाट पक्राउ गरेको हो । दुवैलाई आवश्यक कारवाहीको लागि नवलपरासी जिल्ला अदालतमा पेश गरिएको सुचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।