चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि अत्यावश्कयबाहेकका सबै सेवा बन्द गरेको छ ।
भोलि शुक्रबारदेखि माघ १४ सम्मलाई अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । शान्ति सुरक्षा र मुद्दा सम्बन्धीलगायत अत्यावश्यक सेवा नरोकिने उनी बताउँछन् ।
जिल्ला प्रशासन कार्यालयका एक सुब्बा र एक अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएपछि बल्ल चितवन प्रशासनले आफ्नो सेवा कटौती गरेको हो । चितवनका अन्य सरकारी कार्यालयले हालसम्म सेवा रोकेका छैनन् ।